कोशीमा भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको आश्वासन, सांसदहरुको विरोध
विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङ र केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागदावी गरेका सांसदहरुबीचको छलफल सकिएको छ । आजै कांग्रेसका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच भएको छलफलमा प्रदेश प्रमुखले यस्तो प्रस्ताव गरेकाे एमाले सांसद रेवती भण्डारीले जानकारी दिए ।
तर सांसदहरुले भने प्रदेश प्रमुखको प्रस्तावको विरोध गरेका छन् । उनीहरुले सांसदहरुलाई दबाब दिन समय लम्ब्याइएको भन्दै आफूहरु प्रदेश प्रमुखकै कार्यालयमा धर्ना बस्ने जनाएका छन् । प्रदेश प्रमुखसँगको छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी थिए भने अन्य सांसदहरू हलमा कुरेर बसेका थिए ।
कार्कीद्धयसँगको छलफलमा प्रदेश प्रमुख खापुङले भोलि शनिवार सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्दा के हुन्छ भनेर प्रस्ताव गरेका थिए । तर कार्कीद्धयले भने आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान गरे पनि अन्ततः भोलिसम्म कुर्न उनीहरू सहमत भएर प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् ।
मुख्यमन्त्रीमा दोहोरो दावी परेपछि प्रदेश प्रमुख खापुङ मुख्यमन्त्री नियुक्त गर्न अलमलमा परेका छन् । कार्की र कांग्रेसको संस्थपन पक्षको समर्थनमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न माग दावी पेश गरेकाले प्रदेश प्रमुख निर्णय गर्न अलमलमा परेका हुन् ।
एमाले नेता हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्रीबाट राजीनामा गरेपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीको दावी पेश गर्न समय दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण