कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय चाडै सञ्चालनमा आउँछ : पूर्वमन्त्री आले
कैलाली । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय चाडै सञ्चालनमा आउने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले मेची महाकाली जागरण अभियान अन्तर्गत शुक्रबार कैलालीको अत्तरियामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री आलेले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत भएकाले अब चाडै सञ्चालनमा आउने बताए ।
उनले भने, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीज्यूसँग हामीले पटक पटक छलफल गरेका थियौँ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउन दबाब पनि दिएका थियौँ, सहमति बमोजिम नै सरकारले विधेयक दर्ता गर्ने स्वीकृति दिएको छ, अब संसद्बाट कानुन बनेपछि विश्वविद्यालय जतिसक्दो चाँडो सञ्चालनमा आउने छ ।”
यसैगरी उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा आफूहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशसरण महतसँग गएको जेठ २९ गते भेटघाट गरी ऐन ल्याउँदा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको दाबी गरे ।
उक्त भेटघाट पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशसरण महातले गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ भन्ने विषयमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा जानकारी समेत दिएको पूर्वमन्त्री आलेको भनाई थियो । विगत लामो समयदेखिको मागको सम्बोधन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यसै हप्ताको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको सांसद तथा पूर्वमन्त्री आलेले जानकारी दिए ।
डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक, लगायत यहाँका बैकल्पिक राजमार्ग निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका अविलम्ब खोलीनु पर्ने धारणा राखे ।
यसैगरी पूर्वमन्त्री आलेले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीले संघीय सांसदमा तीन सिट प्रतक्षमा जितेको तथा प्रदेशमा बहुमतका साथ विजयी हासिल गरेको समेत बताए । उनले भने, “एकाध जना चोइटिएर समाजवादी पार्टीबाट अलग भए भन्दैमा हाम्रो पार्टी सकियो भन्न मिल्दैन, सुदूरपश्चिममा हाम्रो सानदार जित भएको छ, यहाँका जनताले चाहे अनुसारको विकासका लागि हामी सधैँ अग्रसर हुनै पर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण