गाजा शहर खाली गर्ने आदेश स्वभाविक तर शीघ्र कार्यान्वयन कठिन : वासिङ्टन
वासिङ्टन । इजरायली सेनाले उत्तरी गाजाबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएपछि यसलाई अमेरिकाले ‘कठिन’ आदेश भएको शुक्रबार जनाएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सीएनएनसँग भने, “उनीहरूले के गर्न खोजेका छन् भन्ने कुरा सबैले बुझेको कुरा हो । उनीहरूले सर्वसाधारणलाई हानिबाट जोगाउन खोजिरहेका छन् ।”
“यो एक आवश्यक तर पालना गर्न निकै कठिन आदेश हो । उत्तरी गाजामा १० लाख मान्छे छन्, र यो धेरै घना शहरी वस्ती हो । साथै, यो पहिले नै एक युद्ध क्षेत्र पनि हो । त्यसैले कसैले पनि त्यो निकासीलाई प्रभाव पार्ने चुनौतीलाई कम आँकिरहेको छ जस्तो मलाई लाग्दैन ।”
गाजामा ‘दोस्रो विपत्ति’ आउने चेतावनी
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायली सेनाले उत्तरी गाजामा १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएपछि प्यालेस्टिनीहरूले सामना गर्नुपरेको ‘दोस्रो नक्बा’ (विपत्ति) को सामना गर्न सक्ने चेतावनी दिएका छन् ।
“गाजा पट्टीबाट प्यालेष्टिनी नागरिकको विस्थापनलाई पूर्ण रूपमा अस्वीकार गर्दै वस्ती खाली गर्नु प्यालेष्टिनी नागरिकको लागि दोस्रो नक्बा जस्तै हुनेछ,” अब्बासले भने ।
सन् १९४८ मा इजरायलको स्थापनासँगै भएको युद्धको दौडान भागेका वा घरबाट निष्कासित गरिएका लगभग सात लाख ६० हजार प्यालेस्टिनीहरूको दुःखलाई ‘पहिलो नक्बा’का रूपमा उनीहरूले लिने गर्छन् ।
इजरायली सेनाले गाजापट्टीमा करिब ११ लाख मानिसको बसोबास रहेको उत्तरबाट भाग्न चेतावनी दिँदै पर्चा खसालेपछि उहाँले यस्तो टिप्पणी गरेका हुन् ।
अब्बासको प्यालेस्टिनी केन्द्रीय प्रशासन कब्जा गरिएको पश्चिम किनाराको रामल्लाहमा बसेको छ र गाजामा शासन गर्ने लडाकू समूह हमासबाट विभाजित छ ।
इजरायली सेनाले शनिबारदेखि गाजामा हजारौं हवाई आक्रमण गरेको छ जसमा एक हजार ५३० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाका अनुसार हमासका लडाकूहरूले सीमापार गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढीको मृत्यु भएपछि यो आक्रमण गरिएको हो ।
जबर्जस्ती स्थानान्तरण ‘अपराध’
अरब लिगले इजरायलले प्यालेस्टाइनलाई प्रतिबन्धित गाजा पट्टीको उत्तरतर्फको क्षेत्र खाली गर्न दिएको आदेशलाई ‘जबर्जस्ती स्थानान्तरण’ को संज्ञा दिएको छ ।
“‘जबर्जस्ती स्थानान्तरण’ गर्नु एउटा ठूलो ‘अपराध’ हो,” अरब लिगका प्रमुख अहमद अबुल घेइतले शुक्रबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पठाएको पत्रमा अरब लिगले इजरायलले प्रतिशोधको नृशंस कार्य गरेको आरोप पनि लगाइएको छ ।
इजरायली भूमिमा हमासका लडाकूहरूले गरेको घातक आक्रमणलाई अन्त्य गर्ने ‘योजनाबद्ध वा अध्ययन गरिएको सैन्य अभियान’ को सट्टा गाजामा असहाय नागरिकलाई सजाय दिइएको पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण