बंगलादेशलाई सजिलै हराउँदै न्युजिल्याण्डको लगातार तेस्रो जीत
चेन्नई । न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराउँदै एकदिवसीय विश्वकपमा लगातार तेस्रो जीत हासिल गरेको छ । शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो ।
न्युजिल्याण्डले पहिलो खेलमा साबिक विजेता इंग्ल्याण्डलाई ९ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । बंगलादेशविरुद्ध लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको सुरुवात भने सोचे अनुरूप भने हुन सकेन ।
रचिन रवीन्द्र तेस्रो ओभरमा नै ९ रन बनाएर मुस्तफिजुर रहमानको बलमा विकेटकिपर मुसफिकुर रहिमबाट क्याच आउट भए । त्यसपछि भने डेभोन कनवे र कप्तान केन विलियमसनले खेल सम्हाले ।
कनवे ४५ रन बनाएर शाकिब अल हसनको शिकार बने । यता कप्तान विलियमसन ७८ बनाउँदै रिटायर्ड हर्ट भएर मैदान छाडेका थिए । खेलको नायक डेयरल मिचेल रहे । उनले नटआउट रहँदै ८९ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । बंगलादेशका लागि मुसफिकुर रहमानले सर्वाधिक ६६ रनको योगदान दिए । उनलाई कप्तान शाकिब अल हसनले ४० रन बनाउँदै राम्रो साथ दिएका थिए ।
त्यस्तै मोहम्मदुल्लाहले ४१ तथा मेहदी हसन मिराजले ३० रन बनाए । न्युजिल्याण्डका लागि लोकी फर्गुसनले कसिलो बलिङ गर्दै ३ विकेट लिए । ट्रेन्ट बोल्ट र म्याट हेनरीले २–२ विकेट लिए । बोल्टले एक दिवसीय खेलमा २ सय विकेटको कोशेढुंगा पनि पार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण