इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दाबी
शुक्रबार, २६ असोज २०८०, २२ : ०३
गाजा । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ ।
“पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायलीको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
उत्तरी गाजा पट्टीमा छ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।
इजरायली सेनाले बिहीबार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र साइटहरू, अधिकारीहरूका घरहरू, हतियार डिपोहरू र सञ्चार कक्षहरू सहित लगभग ७५० लक्षित आक्रमण गरेको घोषणा गरेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण