सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दाबी

शुक्रबार, २६ असोज २०८०, २२ : ०३
शुक्रबार, २६ असोज २०८०

गाजा । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ ।

“पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायलीको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।  

उत्तरी गाजा पट्टीमा छ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

इजरायली सेनाले बिहीबार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र साइटहरू, अधिकारीहरूका घरहरू, हतियार डिपोहरू र सञ्चार कक्षहरू सहित लगभग ७५० लक्षित आक्रमण गरेको घोषणा गरेको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप