एम्बाप्पे नायक बन्दा युरोपियन च्याम्पियनसिपमा फ्रान्सको स्थान पक्का
शनिबार, २७ असोज २०८०, ०६ : ५०
आम्सटरड्याम । फरवार्ड किलियान एम्बाप्पेले दुई गोल गर्दा फ्रान्सले नेदरल्याण्ड्सलाई २–१ गोलले पराजित गरेको छ । योसँगै फ्रान्स दुई खेल अगावै आगामी वर्ष हुने युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ ।
खेलको सातौँ मिनेटमा नै गोल गर्दै एम्बाप्पेले फ्रान्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए ।
खेल सकिन सात मिनेट बाँकी छँदा क्वीलिनडिस्की हार्टम्यानले नेदरल्याण्ड्सका लागि एक गोल फर्काए पनि फ्रान्सले त्यसपछि कुनै गोल हुन दिएन । फ्रान्स समूह बीमा आफ्नो शतप्रतिशत नतिजा कायम राख्दै प्रतियोगितामा छनोट भएको छ । डिडिएर डेस्च्याम्प्सको टोलीले छनोट खेलका ६ मध्ये ६ वटै खेलमा जित हासिल गरेको छ ।
पराजयसँगै नेदरल्याण्ड्स समूह बीको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको ग्रिसभन्दा टोली ३ अङ्कले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण