कोशी प्रदेश : आङ्बो पक्ष सनाखतमा नजाने, कार्की पक्षको भने सनाखत सुरु
विराटनगर । कोशीको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी प्रस्तुत गरेका नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पक्ष तत्काल सनाखतमा नजाने बताएका छन् ।
कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए । उक्त दाबी अनुसार कार्की पक्षका सांसद प्रदेश प्रमुखको कार्यालयमा बिहानै सनाखतका लागि पुगेका छन् । अहिले उनीहरुको सनाखत कार्य भइरहेको छ ।
आङ्बोले भने आफ्नो दाबी नपुग्ने र शीर्ष नेताबिच सहमतिको प्रयास भइरहेको कारण तत्काल सनाखतमा नजाने बताए । 'काँग्रेसका ८ जना माननीयहरू सशरीर उपस्थिति भइसकेपछि हाम्रो दाबी पुग्दैन, अर्को कुरा शीर्ष नेताहरू छलफलमै हुनुहुन्छ । त्यसकारण हामी अहिले सनाखतमा जान्दैनौँ,' उनले भने ।
प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताको सनाखत गर्दै छन् । समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ आउन उनले भनेका छन् ।
कोशीको मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७र४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण