आईसीसी एकदिवसीय विश्वकप
जब क्यानडाले बनायो सर्वाधिक कम योगफलको खराब कीर्तिमान
शनिबार, २७ असोज २०८०, १० : २७
काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा कम रनमा अलआउट हुने राष्ट्रको खराब कीर्तिमान क्यानडाको नाममा छ । क्यानडाले सन् २००७ मा वेस्ट इन्डिजमा आयोजित विश्वकपको श्रीलंकाविरुद्धको खेलमा १८.४ ओभरमा अलआउट हुनुअघि ३६ रनमात्र बनाउन सकेको थियो ।
दोस्रो कम स्कोरको कीर्तिमान पनि क्यानडाकै नाममा रहेको छ । उक्त कीर्तिमान सन् १९७९ मा आयोजित दोस्रो विश्वकपमा बनेको थियो । त्यतिबेला आयोजक इङ्ल्यान्डले क्यानडालाई ४०.३ ओभरमा केवल ४५ रनमा अलआउट गराएको थियो । तेस्रो कम रनको खराब कीर्तिमान भने नामिबियाको नाममा छ ।
सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बाबे र केन्यामा आयोजित विश्वकपमा अस्ट्रेलियाले नामिबियालाई १४ ओभरमा ४५ रनमा अलआउट गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण