प्रभाव पार्न सक्ने खेलाडी – जसप्रित बुमराह (भारत)
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सबैभन्दा प्रतीक्षित भारत र पाकिस्तानबिचको खेल आज अहमदाबादमा खेलिँदैछ । आजको खेलमा दुवै टोलीमा धेरै म्याच विनरहरु रहेका छन् । यसमध्ये पनि यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीमा भारतका जसप्रित बुमराह रहेका छन् ।
भारतको बलिङ आक्रमणको प्रमुख हतियार रहेका बुमराहले दुई खेलबाट ६ विकेट लिइसकेका छन् । यो विश्वकपमा उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।
२९ वर्षीय बुमराह उनको फरक बलिङ एक्सनका लागि पनि चिनिन्छिन् । उनले एकदिवसीय खेलमा सन् २०१६ मा अस्ट्रेलियाविरुद्ध गरेका हुन् ।
उनले ८० एकदिवसीय खेलमा २३.७७ को औसतले १३५ विकेट लिइसकेका छन् । १९ रन दिएर ६ विकेट लिनु उनको करियरको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । उनले टेस्ट क्रिकेटमा ३० खेलबाट १२८ विकेट लिएका छन् भने टी–२० मा ६२ खेलबाट ७४ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण