निवा बनिन् धरान मिस आइकन २०२३
धरान । धरान–१५ की निवा लिम्बूले मिस धरान आइकन २०२३ को उपाधि जितेकी छन् । मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसँगै नगद ५० हजार रुपैयाँ र एक साताको हङकङ भ्रमणको अवसर प्राप्त गरेकी छन् ।
मिस धरान आइकन २०२३ को फस्ट रनरअप मिस इन्टेलेक्चुअलको सब टाइटल पाएकी अनु राई घोषित भइन् । उनले नगद ३० हजार रुपैयाँसँगै ३ महिनाको निःशुल्क आइएलटिएस कोर्सको अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि फर्स्ट रनर अप प्रेजिना राईले ताज लगाइदिए। त्यस्तै मिस ब्युटिफुल कम्प्लेसनको सब टाइटल विजेता जेसिका जोशी सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँसँगै ३ महिनाको निःशुल्क आइएलटिएस कोर्स गर्ने अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि सेकेन्ड रनर अप श्वेता विश्वकर्माले ताज लगाइदिएकी थिइन्।
सब-टाइटल अन्तर्गत मिस फोटो जेनिक समीक्षा चौधरी, मिस बेस्ट वाक रिया सेन्चुरी, मिस मल्टिमिडियासँगै मिस फ्रेण्डसिप दिवाना राई, मिस पब्लिक चोइस साइमना राई, मिस डिस्सिप्लिन विशाखा विष्ट, मिस एक्टिभ जुनु तामाङ, मिस कल्चरल ड्रेस सृष्टिका राई, मिस बेस्ट स्माइल एलिना तामाङ घोषित भए ।
ब्ल्याक पिग इन्टरटेन्मेटको आयोजनामा भएको मिस धरान आइकनको दोस्रो संस्करणको निर्णायक मण्डलमा मेन्टर सेफ गगनमान श्रेष्ठसँगै अभिनेता सानुबाबा सुब्बा, डिएसपी डा श्रीबिन्दु शर्मा, डिपो स्कुलका फ्याकल्टी चिफ डा एनएल राजवंशी, शिक्षासेवी तथा उत्प्रेरक सुरेश राई, कवि सुदिप पाख्रिन र मिस पुर्वान्चल २०१९ कि सेकेन्ड रनरअप तथा लेक्चरर सिमरन लिम्बू रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण