बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीको बदमासीले जनताका विश्वास गुम्दै गयो : मुख्यमन्त्री शर्मा

शनिबार, २७ असोज २०८०, १९ : ००
शनिबार, २७ असोज २०८०

सुर्खेत ।  कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीहरुले बदमासी गर्दा जनतामा विश्वास गुम्दै गएकोले सञ्चालकहरुले समयमै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।   वीरेन्द्रनगरको श्री त्रिपुरेश्वर बचत तथा ऋण सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले सहकारीहरुले जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताएका हुन् । 

‘समुदायका हितका लागि कार्य गर्नुपर्ने सहकारीले बदमासी गर्दा जनतामा सहकारीप्रतिको धारणा नकारात्मक बन्दै गएको छ,’ उनले भने, ‘सञ्चालकहरुले त्यो अवस्थालाई निराकरण गर्नका लागि ध्यान दिनुपर्छ ।’  राज्य, नीजि र सहकारी क्षेत्रका बीचमा सहकार्य गरेर देशको अर्थतन्त्रको सुधार, विकासमा योगदान गर्न सकिने शर्माको भनाइ छ । 

स–सानो छरिएर रहेको पुँजी, वित्तिय साक्षरता र उत्पादनमा लगानी गरेर अर्थतन्त्रको सुधार, विकास, संस्कार र संस्कृतिलाई माथि उठाउन सकिने उनले बताए । त्यसका लागि राज्य सरकार, नीजि र सहकारी क्षेत्रलाईसँगै लिएर जानुपर्ने धारणा उनको छ । 

‘गाउँघरमा रहेका सहकारीले समुदायमा सुख र दुखको साथीको रुपमा काम गर्नुपर्छ,’ उनले भने,‘थोरैथोरै बचत गर्दा भएको पुँजीलाई उत्पादन, उद्यमशीलतासँग जोडेर जनताको सुखमा भन्दा अझ बढी दुखपार लगाउने साथी हुनुपर्दछ ।’ 
कर्णाली प्रदेश सरकारले कर्णालीबासीलाई सुखी र खुसी बनाउन आर्थिक सम्पन्ता र समाजिक न्यायलाई प्राथमिकता राखेर मात्र प्रदेशको समग्र समृद्धि पुरा गर्न सकिने भएकाले रोजगारी र समाजिक रुपान्तरणका कार्यक्रम अघि सारेको पनि शर्माले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप