प्रदेश सरकार
कोशी प्रदेश : मुख्यमन्त्रीले शपथ लिँदै, आजै राना र राईले मन्त्रीको शपथ लिने
आइतबार, २८ असोज २०८०, १० : २०
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।
कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।
शनिबार नै एमालेसँग भएको छलफलमा १र१ जना मन्त्री बनाउने सहमति भएको बताईएको छ । यद्यपि मुख्यमन्त्रीसँग थप छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले पनि आफ्नो दलको उपनेता राना मन्त्री बन्ने सम्भावना बढी रहेका बताए ।
'यस विषयमा काठमाडौँबाट मुख्यमन्त्री फर्किएपछि थप छलफल हुन्छ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण