विश्व बैंक र आईएमएफको बैठकमा सहभागी बनेर स्वदेश फर्किए अर्थमन्त्री
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. प्रकाशसरण महत स्वदेश फर्किएका छन् । अर्थमन्त्रीको नेतृत्वमा मोरोक्कोको माराकेश गएको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हो ।
अर्थमन्त्री विश्व बैंकको र राष्ट्र बैकका गभर्नर आइएम एफको पदेन गभर्नर रहने व्यवस्था छ । त्यसैगरी, अर्थ सचिव विश्व बैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आइएमएफको बैकल्पिक गभर्नर रहने व्यवस्था छ । यो बैठकमा वर्षभरिको कार्यसम्पादनमा देखिएका समस्या तथा हाँसिल भएका प्रगतिको समीक्षा गरी आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल हुन्छ ।
बैठकमा संसारभरका विभिन्न देशका अर्थमन्त्रीहरु विश्व बैंकको गभर्नरको हैसियतमा सहभागी हुने यी वार्षिक बैठकहरुको साइडलाईनमा सहभागीबीच सामुहिक तथा द्विपक्षीय हितका विषयमा छलफल हुन्छ । अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त हुन्छ । नेपालले साइडलाइनमा आइएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलिटी, कोरियाका उप प्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युंग हो, युरोपियन युनियनका कमिसनर जुट्टा उर्पियालिनेनको सहभागीता थियो ।
यस्तै, आइएमएफका डेपुटी म्यानेजींग डाइरेक्टर बो ली, विश्वबैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विश्वबैंककै विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निशिओसँग फरक–फरक दिन र समयमा भेटवार्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण