बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जनताको अवस्था परिवर्तन नभए संघीयता संकटमा पर्छ : सभापति बानियाँ

आइतबार, २८ असोज २०८०, १२ : २१
आइतबार, २८ असोज २०८०

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले वर्तमान व्यवस्थामा निर्वाचन प्रणालीभित्र केही समस्याहरु रहेको बताएका छन् । आइतबार मकवानपुरको मनहरी गाउँपालिका वडा नमबर–७ को कार्यालय भवन उद्घाटन गर्दै सभापति बानियाँले संविधान बनाउने क्रममा केही कमिकमजोरीहरु रहेकाले गणतन्त्रका पक्षधरहरुले संविधान संशोधन गर्न अपरिहार्य रहेको बताए ।

व्यवस्था परिवर्तन गरेर पनि जनताको अवस्था परिवर्तन भएन भने संघीयतामा संकट पर्नसक्ने उनले बताए । अबको यात्रा व्यवस्था परिवर्तन भन्दापनि जनताको अवस्था परिवर्तनमा हुनुपर्ने उनको भनाई छ । जनताको अवस्था परिवर्तन गर्न वर्तमान व्यवस्थाको निर्वाचन प्रणालीको समानुपातिक प्रक्रियालाई हटाउर अघि बढ्न जरुरी रहेको उनले औंल्याए । जनप्रतिनिधिहरुलाई चुस्तदुरुस्त बनाएर जनताको काममा लाग्नुपर्ने उनले बताए । समानुपातिक प्रक्रियालाई समावेशी बनाएर राष्ट्रिय सभामा समावेश गरेर अघि बढ्न सकियो भने उपयुक्त हुने उनले बताए ।

‘जनप्रतिनिधहरु धेरै भयो । आर्थिक भार बढ्यो भन्ने नागरिकको गुुनासो छ । स्थानीय तहले थुप्रै काम गर्नसक्छ । प्रदेश र प्रतिनिधिसभालाई थप व्यवस्थित नाएर अघि बढ्नुपर्छ’ उनले भने । संघीयतामा नागरिकहरुको अस्तित्व र पहिचानलाई स्थायित्वका लागि स्थानीय तह अपरिहार्य रहेको उनले बताए । उनले जनताको अवस्था परिवर्तन गर्न स्थानीय निकायको भूमिका महत्वपूर्ण रहने बताए । कर्मचारी प्रशासन, सुरक्षा निकायसँगै राजनीतिमा पनि सुधार गर्न जरुरी रहेको भन्दै उनले वर्तमान व्यवस्थालाई जनताको हितमा काम गनेपर्नेमा उनले जोड दिए ।

‘वर्तमान व्यवस्थामा सबैको अस्तित्व र पहिचानलाई स्वीकार गरेको छ । यो साँचिकै जनताको व्यवस्था हो’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्रको व्यवस्थालाई स्थायीत्व प्रदान गर्ने, बलियो बनाउने काम स्थानीय तहको हो । तल्लो तहदेखि काम गर्ने प्रतिनिधिको जिम्मेवारी हो । जनप्रतिनिधिले गलत गरेर बदानमा भए व्यवस्था बदनाम हुन्छ । यसलाई सुधार गरेर अघि बढ्नुपर्छ ।’

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि निजामती कर्मचारी र राजनीतिमा भएका गल्ती कमजोरीलाई क्रमशः सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए । बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्र पछि धेरै उत्तरचढावका बाबजुद स्थानीय तहको स्थापनाहरुले सेवा प्रवाहमा उत्कृष्ट काम गरेको बताए । गाउँपालिाको बजेटमा मनहरी–७ स्थित बिजौनामा वडा कार्यालय भवनको निर्माण गरिएको हो । ठेक्कामार्फत् निर्माण गरिएको उक्त भवन रत्नकुमारी एण्ड सन्स् प्रालि हेटौंडाले ८७ लाख रुपैयाँ लागत लागेको वडा अध्यक्ष ठाकुरराम तितुङले बताए ।

कार्यक्रममा वडाभित्र रहेका रमन्टार माध्यमिक विद्यालय र रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साइकत समेत वितरण गरिएको छ । टाढाबाट आउने विद्यार्थीहरुलाई लक्षित गरी वडा कार्यालयले खरिद गरेको २३ वटा साइकल वितरण गरिएको हो । साइकल खरिदमा लागि वडाले २ लाख रुपैयाँ खर्च गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप