बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डबाट सम्मानित

आइतबार, २८ असोज २०८०, १२ : ५९
आइतबार, २८ असोज २०८०

काठमाडौँ । धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपे्रनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशीलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्‍याएबापत ढकाललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड’ अन्तर्गतको ‘योङ ईन्टरप्रेनियर्स अवार्ड’ प्रदान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मान सहित उक्त अवार्ड प्रदान गरेका हुन् । युवा उद्यमी ढकाल, व्यवसायकी तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ । ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन् । 

ढकालकै पहलमा १६ वर्षपछि पहिलो पटक नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाउन सफल भएको दाबी गरिएको छ भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको उनको दाबी छ । उनी नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पुँजी बजार फोरमका केन्द्रीय सदस्य समेत हुन् । ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्र्तिण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानुन शास्त्रमा स्नातक गरेका छन् । कानुन व्यवसायी समेत रहेका ढकाल पाटन उच्च बारका कार्यसमिति सदस्य हुन् । 

हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरिरहेका छन् । अवार्ड प्राप्त गरेपश्चात् आफुलाई अझ बढि जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशीलताको विकास, नेपालको पुँजी बजारको सुधार र सुदृढिकरणको लागी थप सक्रिय रहन प्रेरणा मिलेको ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप