इजरायलका सैनिकलाई सित्तैमा खाना दिने म्याकडोनाल्ड्सको आलोचना, अब गाजालाई सहयोग गर्ने घोषणा
गाजा । अमेरिकी फूड आउटलेट म्याकडोनाल्ड यति बेला ‘ब्याक फुट’मा छ । कुवेतदेखि ओमान, साउदी अरब, टर्की र जोर्डनसम्म विभिन्न कम्पनीका प्रतिनिधिले स्पष्टीकरण दिन बाध्य भइरहेका छन् । साथै गाजामा राहत कार्यका लागि आर्थिक सहयोगको घोषणा पनि गरिएको छ ।
यसअघि म्याकडोनाल्ड इजरायलको सामाजिक सञ्जाल अकाउन्टले इजरायली सैनिकलाई ४ हजार निःशुल्क खानाका प्याकेट उपलब्ध गराएको दाबी गरेको थियो । साथै अन्य खाद्यवस्तुमा पनि ५० प्रतिशत छुट दिइने बताएको थियो ।
म्याकडोनाल्ड इजरायलको यो घोषणापछि सामाजिक सञ्जालमा म्याकडोनाल्डको बहिष्कार अभियान चल्न थाल्यो । कम्पनीको पाकिस्तान शाखाले आफूलाई इजरायल फ्रान्चाइजीबाट अलग गरेको छ । लेबनानमा म्याकडोनाल्डको विरुद्धमा प्रदर्शनहरू पनि भए।
त्यसपछि म्याकडोनाल्ड्सले मध्यपूर्वका लगभग सबै देशमा विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिँदै इजरायल म्याकडोनाल्डले गरेको घोषणालाई म्याकडोनाल्डको पक्ष मान्न नहुने बताएको छ । कम्पनीले आफूहरु कसैको पक्षमा वा विपक्षमा रहेको तथा म्याकडोनाल्डका प्रतिनिधिहरूले गाजामा पनि राहत कार्यहरूका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण