सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजरायलका सैनिकलाई सित्तैमा खाना दिने म्याकडोनाल्ड्सको आलोचना, अब गाजालाई सहयोग गर्ने घोषणा

आइतबार, २८ असोज २०८०, १४ : १९
आइतबार, २८ असोज २०८०

गाजा । अमेरिकी फूड आउटलेट म्याकडोनाल्ड यति बेला ‘ब्याक फुट’मा छ । कुवेतदेखि ओमान, साउदी अरब, टर्की र जोर्डनसम्म विभिन्न कम्पनीका प्रतिनिधिले स्पष्टीकरण दिन बाध्य भइरहेका छन् । साथै गाजामा राहत कार्यका लागि आर्थिक सहयोगको घोषणा पनि गरिएको छ ।

यसअघि म्याकडोनाल्ड इजरायलको सामाजिक सञ्जाल अकाउन्टले इजरायली सैनिकलाई ४ हजार निःशुल्क खानाका प्याकेट उपलब्ध गराएको दाबी गरेको थियो । साथै अन्य खाद्यवस्तुमा पनि ५० प्रतिशत छुट दिइने बताएको थियो ।

म्याकडोनाल्ड इजरायलको यो घोषणापछि सामाजिक सञ्जालमा म्याकडोनाल्डको बहिष्कार अभियान चल्न थाल्यो । कम्पनीको पाकिस्तान शाखाले आफूलाई इजरायल फ्रान्चाइजीबाट अलग गरेको छ । लेबनानमा म्याकडोनाल्डको विरुद्धमा प्रदर्शनहरू पनि भए। 

त्यसपछि म्याकडोनाल्ड्सले मध्यपूर्वका लगभग सबै देशमा विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिँदै इजरायल म्याकडोनाल्डले गरेको घोषणालाई म्याकडोनाल्डको पक्ष मान्न नहुने बताएको छ । कम्पनीले आफूहरु कसैको पक्षमा वा विपक्षमा रहेको तथा म्याकडोनाल्डका प्रतिनिधिहरूले गाजामा पनि राहत कार्यहरूका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप