दुईवटा राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने पहिलो खेलाडी
आइतबार, २८ असोज २०८०, १४ : २३
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको इतिहास दुईवटा राष्ट्रको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी केप्लर वेजल्स हुन् । उनले फरक—फरक समयमा दुईवटा राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकप खेलेका थिए ।
उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो । तर, पछि उनको परिवार अस्ट्रेलिया बसाई सरेको थियो । उनले सबैभन्दा पहिले सन् १९८३ मा अस्ट्रेलियाको तर्फबाट विश्वकप खेलेका थिए । त्यसपछि सन् १९९१ मा दक्षिण अफ्रिकाले उनलाई आफ्नो राष्ट्रिय टोलीमा समावेश गरेको थियो ।
दक्षिण अफ्रिकाले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेपछि व्यापक विरोध पनि भएको थियो । त्यसको एक वर्षपछि सन् १९९२ मा उनले दक्षिण अफ्रिकाका लागि पनि विश्वकप खेलेका थिए । सन् १९९२ को विश्वकपमा त दक्षिण अफ्रिकाले उनलाई कप्तान नै बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण