सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य
काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छन् । आइतबार नेकपा(एमाले) काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरिय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी हुन् ।
उनले देशमा जात–जातका विचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको बताइन् । उनले आजसम्म विभिन्न जातजातिहरु मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताइन् ।
‘यतिबेला विभिन्न जातिको हिसाबले मेलमिलाप भएर बसेको हाम्रो देशमा कताकता विभिन्न खालको अन्तरविरोधहरु सिर्जना गर्ने काम भएको छ । यो बिल्कुल गलत काम हो भन्ने मलाई लाग्दछ’ उनले भनिन्, ‘अहिलेसम्म हामी जुन ढंगले मिलेर बसेका छौँ, हाम्रो राष्ट्रियतालाई बलियो बनाएर विश्वमै एउटा परिचय र पहिचान दिइराखेका छौँ । त्यो कुरालाई हामीले जिवित बनाउन सक्यौँ भने मात्रै अझै नेपाल र नेपालीको इज्जत रहन्छ । र विश्वसामु हामीले आफ्नो एकतालाई अझै बलियो बनाएर स्थापित गर्नसक्छौँ भन्ने लाग्दछ । संस्कृति हामीले गर्दै आएको पुजाआजा र सद्भाव मात्रै होइन, यसरी पनि हामीले जोडेर जानुपर्छ । र विविधता भएको देशमा एकतालाई मजबुत बनाउन सक्यौँ भने नेपाल र नेपालीको पहिचान बलियो हुन्छ ।’
उनले समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताइन् । शाक्यले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरुलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण