‘भष्मे डन’को फरक पाटो ‘पशुपति प्रसाद २ : भष्मे डन’ हो–खगेन्द्र
काठमाडौंँ । निर्माता तथा लेखक खगेन्द्र लामिछानेले ‘पशुपति प्रसाद २ : भष्मे डन’ ‘पशुपति प्रसाद’को ‘भष्मे डन’को फरक पाटो भएको बताए । ‘पशुपति प्रसाद’ जहाँ विट मारिएको थियो । त्यहीँबाट फिल्म सुरु हुने उनको धारणा छ ।
‘अभिनेता विपिन कार्कीले निर्वाह गरेको भष्मे डन पात्रमा फिल्मको कथाले फन्को मारेको छ’, उनले भने, ‘तर विपिनको अघिल्लो सिक्वेलमा नदेखिएका विषय यसमा छन् ।’ खगेन्द्रले ‘पशुपति प्रसाद’लाई एउटा ‘यूनिभर्स’को रुपमा अगाडि बढाउने योजना समेत रहेको सुनाए ।
‘हलिउड÷बलिउडमा कुनै फिल्म हिटभयो भने त्यसलाई यूनिभर्स (कथा वा पात्रको निरन्तरता)को रुपमा अगाडि बढाउने ट्रेन्ड छ’, उनले थपे ‘हामी पनि ‘पशुपति प्रसाद’लाई त्यही ट्रेन्डमा अगाडि बढाउन सक्छौ ।’
हुन त नेपालमा जति पनि सिक्वेल फिल्म बने । प्रायः फिल्मको अघिल्लो श्रृंखलासँग मेल खाँदैन । सिर्फ नामको ब्याज खान सिक्वेल बन्छन् । आइतबार आयोजित एक कार्यक्रममा खगेन्द्रले ‘पशुपति प्रसाद २ : भष्मे डन’ भने नामको ब्याज खान नभएर राम्रो फिल्म दिन बनाएको दाबी गरे ।
‘पशुपति प्रसाद २ : भष्मे डन’मा ‘पशुपति प्रसाद’को भन्दा केही नौलो पात्र पनि भित्रिएका छन् । एउटै पात्रलाई घुमाएर फिल्म बनाइरहँदा एउटा बिन्दुमा पुगेपछि दर्शकलाई रुचिकर नहुन सक्ने दृष्टिकोणले नयाँ पात्रको आगमन गरिएको उनको धारणा छ ।
‘फिल्मको जति सिक्वेल बन्छ । नयाँ–नयाँ चिजहरु बुन्दै जाने हो । त्यसैले धेरै श्रृंखलाहरु बन्छ । हाम्रो इच्छा पनि यसलाई एउटा यूनिभर्स बनाएर अगाडि लैजाऊ भन्ने छ’, उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण