जसपाको खोटाङ जिल्ला समिति पुनर्गठन, अध्यक्षमा खम्बु
सोमबार, २९ असोज २०८०, ०८ : १६
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ जिल्ला समिति पुनर्गठन भएको छ । दिक्तेलस्थित जिल्ला पार्टी कार्यालयमा भएको भेलाले पिके खम्बुको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा निर्मल राई, नैनबहादुर कटवाल सचिव सुनिल राई, उपसचिवमा वीरेन्द्र दर्नाल, टीकाराम राई र कोषाध्यक्षमा शान्तिकला राई रहेको किरात राष्ट्रिय समितिका मुख्य सचिव प्रशन्न राईले जानकारी दिएका छन् ।
जसपाले संगठन गठन, पुनर्गठन र रुपान्तरणका लागि ३ महिने अभियान सञ्चालन गरेको छ । उक्त अभियान पश्चात पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण