बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एमालेसहितको राष्ट्रिय सरकार बनाएर संविधानका छिद्र पुर्नुपर्छ : सांसद देवकोटा

सोमबार, २९ असोज २०८०, १० : ५६
सोमबार, २९ असोज २०८०

काठमाडौँ । राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्नुपर्ने बताएका छन् । उनले नागरिकस्तरमा देखिएका गुनासाको सम्बोधन र शासन व्यवस्थामा देखिएका अविश्वासका खाडलहरु पुर्न संविधानमा सुधार गर्न जरुरी रहेको समेत बताएका छन् । 

‘संविधान संशोधन गरेर सांसदको संख्या, मन्त्रीको संख्या, निर्वाचन प्रणाली लगायतमा सुधार आवश्यक छ । नागरिक स्तरमा देखिएका गुनासाको सम्बोधन र शाशन व्यवस्थामा देखिएका अविश्वाशका खाडलहरु पुर्न  संविधानमा सुधार जरुरी छ’, देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन् । 

साथै उनले संविधान संशोधन गर्न दुई तिहाईको वहुमत चाहिने भएकाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्ने काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘निराशाको व्यापार फस्टयाउन नदेऊ’, देवकोटाले भनेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप