एमालेसहितको राष्ट्रिय सरकार बनाएर संविधानका छिद्र पुर्नुपर्छ : सांसद देवकोटा
काठमाडौँ । राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्नुपर्ने बताएका छन् । उनले नागरिकस्तरमा देखिएका गुनासाको सम्बोधन र शासन व्यवस्थामा देखिएका अविश्वासका खाडलहरु पुर्न संविधानमा सुधार गर्न जरुरी रहेको समेत बताएका छन् ।
‘संविधान संशोधन गरेर सांसदको संख्या, मन्त्रीको संख्या, निर्वाचन प्रणाली लगायतमा सुधार आवश्यक छ । नागरिक स्तरमा देखिएका गुनासाको सम्बोधन र शाशन व्यवस्थामा देखिएका अविश्वाशका खाडलहरु पुर्न संविधानमा सुधार जरुरी छ’, देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।
साथै उनले संविधान संशोधन गर्न दुई तिहाईको वहुमत चाहिने भएकाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्ने काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘निराशाको व्यापार फस्टयाउन नदेऊ’, देवकोटाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण