इजरायल–गाजा द्वन्द्व समाधानका लागि रुसको आह्वान
सोमबार, २९ असोज २०८०, १९ : १२
मस्को । रुसले इजरायल–गाजा द्वन्द्वमा ‘तत्काल युद्धविराम’ का लागि सोमबार पुनः आह्वान गर्दै शत्रुता अन्त्यका लागि वार्ता सुरु गर्न नेताहरूलाई आग्रह गरेको छ ।
क्रेमलिनका सहयोगी युरी उशाकोभलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार एजेन्सीले भनेको छ, “अहिलेको वातावरणमा मुख्य कुरा तत्काल आक्रमण बन्द गर्नु र राजनीतिक समाधानको प्रक्रिया सुरु गर्नु हो ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, प्यालेस्टाइनी नेता महमुद अब्बास र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग सोमबार छलफल गरेका छन् ।
क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभलाई उद्धृत गर्दै रुसी एजेन्सीहरूले पुटिनले आफ्ना सिरियाली समकक्षी बसर अल असद र इरानी राष्ट्रपति इब्राहिम राइसीसँग सोमबार नै कुराकानी गरिसकेको बताएका छन् ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण