आर्थिक रूपमा नेपाललाई सुदृढ बनाउन आवश्यक छ : नेता पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन जरुरी रहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि नेपालमा थुप्रै काम गर्न बाँकी रहेको बताएका हुन् ।
‘नेपाली कांग्रेसले लिएको खुला नीतिअन्तर्गत आज नेपालीहरूको पहुँच संसारसामु पुगेको छ । खुला समाज निर्माण गर्ने, लोकतन्त्रलाई विकसित गर्ने र व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई रक्षा गर्ने उद्देश्यले नेपाली काँग्रेस नेपालमा जन्मिएको हो’, पौडेलले भने, ‘हामीले आर्थिक पक्षमा पनि नेपाललाई सुदृढ बनाउन आवश्यक छ । ’
राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी रहेको भन्दै पौडेलले नेपाललाई आर्थिक ढङ्गबाट कसरी समृद्ध बनाउन सकिन्छ भनेर सरकार र सबै नेपाली सोच्नुपर्ने बताए ।
त्यस अवसरमा नेता पौडेलले नेपालमा आर्थिक लगानी गर्न चाहने गैर आवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने धारणा समेत राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने