आर्थिक रूपमा नेपाललाई सुदृढ बनाउन आवश्यक छ : नेता पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन जरुरी रहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि नेपालमा थुप्रै काम गर्न बाँकी रहेको बताएका हुन् ।
‘नेपाली कांग्रेसले लिएको खुला नीतिअन्तर्गत आज नेपालीहरूको पहुँच संसारसामु पुगेको छ । खुला समाज निर्माण गर्ने, लोकतन्त्रलाई विकसित गर्ने र व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई रक्षा गर्ने उद्देश्यले नेपाली काँग्रेस नेपालमा जन्मिएको हो’, पौडेलले भने, ‘हामीले आर्थिक पक्षमा पनि नेपाललाई सुदृढ बनाउन आवश्यक छ । ’
राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी रहेको भन्दै पौडेलले नेपाललाई आर्थिक ढङ्गबाट कसरी समृद्ध बनाउन सकिन्छ भनेर सरकार र सबै नेपाली सोच्नुपर्ने बताए ।
त्यस अवसरमा नेता पौडेलले नेपालमा आर्थिक लगानी गर्न चाहने गैर आवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने धारणा समेत राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण