मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मोफसलका दर्शकसँगै ‘परदेशी २’ हेर्न पुगे फिल्मका कलाकार

मङ्गलबार, ३० असोज २०८०, १४ : ०९
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । दसैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ले राम्रो दर्शक पाइरहेको छ । काठमाडौँ उपत्यकाको अलवा देशभरका हलमा फिल्मले राम्रो दर्शक पाएको छ ।

फिल्मको सार्वजनिक प्रदर्शनसँगै उपत्यकाको हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको निर्माण टिम अहिले मोफसल यात्रामा छ । अभिनेता प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटीले मोफसलमा विभिन्न हल पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । 

प्रतिक्रियाको क्रममा दर्शक भेट्ने, सेल्फी खिच्नेदेखि हलमै दर्शकसँग बसेर फिल्म हेर्नसम्म गरिरहेका छन् । मोफसलका दर्शक भेट्दा आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ।

प्रकाश, केकी र वर्षा सोमवार चितवन, बुटवल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका छन् । मङ्गलवार नेपालगन्ज र पोखरा पुगेर उनीहरू काठमाडौँ फर्किनेछन् । दर्शक प्रतिक्रियामा फिल्मको राम्रो प्रतिक्रिया पाएको कलाकार वर्षा सिवाकोटीले बताइन् । 

‘परदेशी २’ नारायण रायमाझीले निर्देशन गरेका हुन् । राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । 

विदेश अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई फिल्ममा देखाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप