सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फोन हो कि फलाम ? उचाइबाट फ्याक्दा पनि केही नहुने फोन

मङ्गलबार, ३० असोज २०८०, १८ : ४०
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । स्मार्टफोनमा कम्पनीहरुले पछिल्लो समय फोनमा नयाँनयाँ प्रयोग गरिरहेका छन् । फोन किन्दै गर्दा प्रायः मानिसको खोजी वर्षौ वर्षसम्म नबिग्रने फोन नै हुन्छ । तर पछिल्लो समय फोन निकै नाजुक हुँदै गएका छन् । हातबाट खस्ने बित्तिकै स्क्रिनमा क्र्याक हुने, डिप्ले नै जाने खतरा उत्तिकै छ ।

रफ एन्ड टफ फोनको कुरा गर्ने हो भने दिमागमा नोकियाको फोन नै आउँछ । आज चाँहि हामी फलाम जस्तै बलियो एउटा फोनबारे कुरा गर्न गइरहेका छौँ । यो फोन यति बलियो छ कि उचाइबाट खस्दा पनि केही हुन्न अनि स्क्रिन छिट्टै कोतरिने डर पनि छैन । यो फोन हो यूलफोन आर्मर एक्स१२ । यो रग्ड फोनका कयौं विशेषता छन् । फोन आईपी६८, आईपी६९के र मिल–एसटीडी–८१०एच प्रमाणपत्र प्राप्त छ । अर्थात् यो फोनलाई धुलोले केही हुँदैन, खसेर पनि फुट्दैन, पानी पस्दैन अनि उच्च तापमानले समेत केही हुँदैन ।

फोनमा ५.४५ इञ्चको फूल स्क्रीन छ । यानी फोनलाई एउटै हातले च्याप्प समाउन सकिन्छ । अनि खल्तीमा पनि आरामले अट्छ । फोनमा मीडियाटेक हिलियो ए२२ प्रोसेसर जडान गरिएको छ । यो फोन निकै स्मूथ छ । यो टफ फोन एन्ड्रोइड १३ गो एडिशनमा चल्छ । यसमा ३ जीबी ¥यामको स्टोरेज र ३ जीबीको भर्चुअल ¥याम छ । यसबाहेक पनि फोनमा ३२ जीबीको इन्टरनल मेमोरी छ । फोनमा २५६ जीबीको एक्सपानडेबेल स्टोरेज पनि छ ।

आर्मर एक्स१२ मा सोनीको आईएमएक्स२१४ सेन्सरयुक्त १३ एमपीको प्राइमरी क्यामरा छ । यसमा ८ एमपीको फ्रन्ट क्यामरा छ । फोनमा ४ हजार ८६० एमएएचको ब्याट्री छ । यसको स्ट्यान्डबाई टाइम २६४ घण्टा अर्थात् ११ दिन भएको दाबी कम्पनीको छ । यसको कलिङ टाइम २० घण्टा र भिडियो प्लेब्याक टाइम चाँहि ८ घन्टाको भएको बताइएको छ । फोनको मूल्य ११९ डलर छ । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप