माओवादी केन्द्रका नेता र कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै गजुरेलले भने, ‘एकता होइन, माओवादी एमालेमा विलय भएको हो’
सिरहा । सिरहाको गोलबजारमा माओवादी केन्द्रका दर्जनौ नेता तथा कार्यकर्ता नेकपा क्रान्तिकारीमा प्रवेश गरेको छ । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सहित ४ दर्जनभन्दा बढी नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माओवादी पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता सीपी गजुरेलले माओवादी केन्द्र र नेकपा एमालेलाई प्रतिकृयावादी गठवन्धनको संज्ञा दिए ।
उनले एमाले–माओवादीविचको गठवन्धन बामपन्थि गठवन्धन नभई प्रतिकृयावादी गठवन्धन भएको बताए ।‘बामपन्थी गठवन्धनहुनको लागि जनताको पक्षमा वकालत गर्नु पर्ने हो, तर यी दुवैपार्टी पक्षगामी संविधानको पक्षधर र प्रतिकृयावादीहरुको संरक्षणगर्न सरकारमा गएको छ,’ नेता गजुरेलले भने, ‘त्यसैले पनि यो दुवै पार्टीको गठवन्धन बामपन्थी नभएर दक्षीणपन्थि गठवन्धन हो, प्रतिकृयावदीहरुको गठवन्धन हो ।’
सोही क्रममा उनले एमाले माओवादीमा पार्टी एकताको हल्ला चलाएपनि खासमा माओवादी एमालेमा विलय हुन लागेको आरोप लगाए ।
नेता गजुरेलले भन्नभयो,‘माओवादी केन्द्रले माओवाद र क्रान्तिकारी लाईन छोडेर एमालेकरण हुने निश्चित भएकोले यसलाई एकताभन्दा विलय भन्न उचित हुन्छ ।’
मन्तव्यकै क्रममा नेता गजुरेलले धमििनरपेक्ष मुलुकमा कुनै व्यक्ति गाईको मासु खाएको नाममा थुनामा पर्नु लज्जास्पद भएको बताए । उनले भने, ‘जसले गाईलाई लक्ष्मीको नाममा पूजा गर्छ, कसैले त्यसको मासु खान्छ, त्यो सोभाविक कुरा हो । तर, जुन कुरालाई संविधानले नै सुनिश्चित गरिसको छ, त्यसमा पनि राज्यले पक्राउ गर्नु संविधानकै खिल्ली उडाउनु हो ।’
नेता गजुरेलले आफूहरु अहिले नै जनयुद्धको नाममा हतियार उठाउने अवस्थामा नरहेको खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण