माछापुच्छ्रे गाउँपालिकामा खादा पूर्ण निषेध, स्थानीय उत्पादन मात्रै प्रयोग गर्न पाइने
बुधबार, ०१ कात्तिक २०८०, ०७ : ५७
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले खादा प्रयोगलाई पूर्ण: निषेध गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त व्यवस्था गरेको पालिकाले मंगलबार एक सूचना जारी गरी कडाइका साथ खादा प्रयोगलाई निषेध गर्न उर्दी जारी गरेको छ ।
‘यसपालिका भित्र सञ्चालन हुने जुनसुकै कार्यक्रम, सभा, गोष्ठी, बैठक आदीमा अतिथि सत्कार गर्दा पालिकाभित्र उत्पादन हुने फूल र अन्य वैकल्पिक सत्कारका बस्तु प्रयोग गर्नुहोला,’ अध्यक्ष मीनबहादुर गुरुङले भने, ‘खादा प्रयोग अब पालिकाको तर्फबाट पनि हुँदैन, नागरिकलाई पनि गर्न दिइन्न ।’
खादा प्रयोग निरुत्साहित गर्दा पालिकामा स्थानीय उत्पादनको खपत बढ्ने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण