जसपाको उदयपुर जिल्ला समिति पुनर्गठन, अध्यक्षमा मगर
उदयपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको उदयपुर जिल्ला समिति पुनर्गठन गरिएको छ । गाईघाटस्थित टाउन हलमा आयोजित कार्यक्रमबाट केशवबहादुर मगरको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा छत्रबहादुर राई, मानबहादुर राई, सचिव ओसन घिमिरे, उपसचिवमा विश्वराज राई र सुरेन्द्र राई रहेका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू खेमनारायण यादव, उर्मिला राई, सिद्धान्त राई, कोसी प्रदेशका मुख्य सचिव घनश्याम कटुवाल, प्रदेश सचिव हस्तशोभा राई, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, मुख्य सचिव प्रसन्न राई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
किरात राष्ट्रिय समिति अन्तर्गत पर्ने पाँच जिल्ला सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुङ्गामध्ये चार जिल्ला समिति पुनर्गठन गरिसकिएको किरात राष्ट्रिय समितिका मुख्य सचिव प्रसन्न राईले जानकारी दिएका छन् । ओखलढुङ्गा जिल्ला समिति पनि यथाशीघ्र पुनर्गठन गरिने मुख्य सचिव राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण