चामल
भारतले खोल्यो नेपालसहित ७ देशमाथिको चामल निर्यात प्रतिबन्ध
बुधबार, ०१ कात्तिक २०८०, १४ : ४२
काठमाडौं । भारत सरकारले विश्वका ७ देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित ७ मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो ।
यससँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ । यसबाहेक, क्यामरुनले १ लाख ९० हजार मेट्रिक टन, मलेसियालाई १ लाख ७० हजार मेट्रिक टन, फिलिपिन्सलाई २ लाख ९५ हजार चामल निर्यात हुनेछ । त्यस्तै कोटे डी’ओइभोर, रिपब्लिक अफ गिनी र सिसेल्समा पनि निर्यात खुलेको छ ।
यसअघि, भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसबाट, नेपाल लगायत विश्वका अधिकांश देश प्रभावित बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण