अमेरिकाको १२ सहरमा सांगीतिक यात्रा गर्दै अस्मिता र हर्कुलस
काठमाडौंँ । अमेरिकामा पहिलोपटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उनीहरुले कार्यक्रम गर्न लागेका हुन् ।
ड्यालस, एक्रोन ओहायो, बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा कार्यक्रम तय भएको गायिका अस्मिताले बताइन् । अक्टोबर २१ बाट सुरु हुने कार्यक्रम नोभेम्बर २५ मा गएर सकिनेछ ।
लिभएट प्रिजेन्टको आयोजना रहेको कार्यक्रम फुजोन इन्टरनेशनल, कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्मस्को पनि सहकार्य छ । हर्कुलसका ‘के यो माया हो’, ‘माया संसार’, ’हिजोभन्दा आज’ लगायत गीतहरू चर्चित छन् । यसैगरी अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन् ।
उनको पछिल्लो समय ‘परेली झिम झिम भो’, ’काले केटाले’ चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण