पोखरा उद्योग वाणिज्य संघले चीनसँग सहकार्य गर्ने, पालिखेलाई जिम्मेवारी
बुधबार, ०१ कात्तिक २०८०, १९ : ०७
पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्वअध्यक्ष तथा सल्लाहकार विश्वशंकर पालिखेलाई चीनका विभिन्न सहरमा रहेका उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्ने जिम्मेवारी सुम्पेको छ ।
लामो समयदेखि चीनको मामिलासँग नजिक रहेका र नेपालका विभिन्न सहर तथा संस्थासँग चीनको समन्वय जोडेका पालिखेलाई उद्योग वाणिज्य संघले जिम्मेवारी दिएको हो ।
संघको १५ औँ बैठकले पूर्वअध्यक्ष पालिखेलाई सो कार्यको लागि संयोजकको जिम्मेवारी सुम्पेको अध्यक्ष पवन प्रजापतिले जानकारी दिए । उनका अनुसार समन्वय र सहकार्यअन्तर्गत ‘भगिनी सम्बन्ध’ बिस्तार पनि समेटिएको छ ।
चीनका उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध गाँसेर पोखराले त्यहाँका औद्योगिक विकासबारे अनुभव लिने योजना बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण