मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुकुममा बजार अनुगमन तीव्र

बुधबार, ०१ कात्तिक २०८०, १९ : ४८
बुधबार, ०१ कात्तिक २०८०

त्रिवेणी । रुकुम पश्चिममा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो । 

जिल्लाको  त्रिवेणी गाउँपालिका– ३ र ६ मा रहेको झुल्नेटा बजार र वडा २ को  सिम्रुतु बजार अनुगमन गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसी संयोजकत्वको टोलीले सिम्रुतु बजार र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीको टोलीले झुल्नेटा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा बजारबाट ठूलो मात्रामा म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए । 

प्रशासकीय अधिकृत घर्तीका अनुसार मेडिकल पसलबाट म्याद नाघेको औषधिसमेत बरामद गरिएको छ । झुल्नेटा र सिम्रुतु बजारबाट म्याद सकिएको चाउचाउ, बिस्कुट, चियापत्ती, दालमोठ नियन्त्रणमा लिइएको छ । टोलीले साबुन स्याम्पु, एग्रोभेटबाट कृषि बीउ, औषधि र मेडिकल पसलबाट म्याद गुज्रिएको औषधि जफत गरिएको छ । जफत गरिएका सामग्री रु ४० हजार बराबरको रहेको घर्तीले जानकारी दिए ।

जफत गरिएका सामग्री प्रहरी तथा कर्मचारीको रोहवरमा आगो लगाएर नष्ट गरिएको छ । मङ्गलबार सिम्रुतुमा एक सय नौ र झल्नेटामा एक सय ९६ वटा किराना, खाद्यान्न तथा औषधि पसल गरेर तीन सय पाँच वटा पसल अनुगमन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप