रुकुममा बजार अनुगमन तीव्र
त्रिवेणी । रुकुम पश्चिममा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो ।
जिल्लाको त्रिवेणी गाउँपालिका– ३ र ६ मा रहेको झुल्नेटा बजार र वडा २ को सिम्रुतु बजार अनुगमन गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसी संयोजकत्वको टोलीले सिम्रुतु बजार र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीको टोलीले झुल्नेटा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा बजारबाट ठूलो मात्रामा म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए ।
प्रशासकीय अधिकृत घर्तीका अनुसार मेडिकल पसलबाट म्याद नाघेको औषधिसमेत बरामद गरिएको छ । झुल्नेटा र सिम्रुतु बजारबाट म्याद सकिएको चाउचाउ, बिस्कुट, चियापत्ती, दालमोठ नियन्त्रणमा लिइएको छ । टोलीले साबुन स्याम्पु, एग्रोभेटबाट कृषि बीउ, औषधि र मेडिकल पसलबाट म्याद गुज्रिएको औषधि जफत गरिएको छ । जफत गरिएका सामग्री रु ४० हजार बराबरको रहेको घर्तीले जानकारी दिए ।
जफत गरिएका सामग्री प्रहरी तथा कर्मचारीको रोहवरमा आगो लगाएर नष्ट गरिएको छ । मङ्गलबार सिम्रुतुमा एक सय नौ र झल्नेटामा एक सय ९६ वटा किराना, खाद्यान्न तथा औषधि पसल गरेर तीन सय पाँच वटा पसल अनुगमन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण