बिक्री घटेपछि १४ हजार कर्मचारीलाई बिदा गर्दै नोकिया कम्पनी
हेल्सिन्की । फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले १४ हजार जनासम्म कर्मचारी कटौती गर्ने भएको छ । बिक्री २० प्रतिशतले घटेपछि खर्च घटाउने नयाँ प्रयासमा कर्मचारी कटौती गर्न लागेको हो ।
पाँचौं पुस्ताको फाइभ जी उपकरणको बिक्रीमा आएको कमीले कम्पनीको समग्र आम्दानी घटेको जनाइएको छ । गत वर्षको तेस्रो त्रैमासमा ६ अर्ब २४ करोड यूरो रहेको खूद बिक्री गत त्रैमासमा घटेर ४ अर्ब ९८ करोड यूरोमा झरेको छ ।
अमेरिकालगायत देशहरूमा फाइभ जी उपकरणको सुस्त मागको मारमा नोकिया मात्रै होइन यसबेला प्रतिस्पर्धी कम्पनी एरिक्सन पनि छ । यो रोजगारी कटौतीबाट कम्पनीले सन् २०२६ सम्ममा ८० करोडदेखि १ अर्ब २० करोड यूरो बचाउन खोजेको छ ।
अहिले विश्वभरमा नोकियाले ८६ हजार जनालाई रोजगारी दिइरहेको छ । कम्पनीले यो संख्या घटाएर ७२ हजारदेखि ७७ हजार जनासम्म ल्याउन सक्ने बताइएको छ । विक्री सुस्ताएर मुनाफा प्रभावित हुन थालेपछि यो वर्ष अधिकांश ठूला प्रविधि कम्पनीहरुले कर्मचारी कटौती गरेका छन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण