प्यालेष्टाइनी जनतामाथिको नरसंहार तत्काल रोक्न माग
काठमाडौँ । नेपालका पत्रकार तथा मानवअधिकारकर्मीहरुले इजरायलले मच्चाइरहेको आतंकवादी हमला र नरसंहारको सिलसिला तत्काल रोक्न माग गरेका छन् । बिहीबार दुई दर्जनबढी पत्रकार तथा मानवअधिकारकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै प्यालेष्टाइनी जनतामाथिको नरसंहार तत्काल रोक्न माग गरेका हुन् ।
उनीहरुले तत्काल युद्धविराम गरी गाजा क्षेत्रमा मानवीय सहायता लाने बाटो खोल्न इजरायललाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अपिलसमेत गरेका छन् । आफूहरु प्यालेष्टाइनी जनताका अधिकारको पक्षमा रहेको बताउँदै उनीहरुले भनेका छन् : ‘प्यालेष्टाइनीहरुलाई अलग राज्यका रुपमा संगठित हुने अधिकार विना त्यसक्षेत्रमा संघर्ष रहिरहनेछ भन्ने हामीलाई विश्वास छ ।’
उनीहरुले हमास आतंकवादीहरुसँग अपहरण गरिएका सम्पूर्ण गैरसैनिक नागरिकहरुलाई तत्काल बन्धक अवस्थाबाट मुक्त गर्न समेत माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ : ‘हामी हमास आतंकवादीहरुसँग अपहरण गरिएको सम्पूर्ण गैरसैनिक नागरिकहरुलाई तत्काल बन्धक अवस्थाबाट मुक्त गर्न माग गर्दै उनीहरुले इजरायलमा गैरसैनिक नागरिकमाथि गरेको आक्रमण, १० जना नेपालीुहित गैरसैनिक नागरिकहरुको हत्या र अपहरणको भर्त्सना गर्छौं ।’
उनीहरुले इजरायल र प्यालेष्टाइनबीच दुई अलग र स्वतन्त्र राज्यको अवधारणाका आधारमा समस्या समाधान गरेमात्र पश्चिम एसियामा दिगो शान्ति स्थापना हुनेमा विश्वास गर्न सकिने समेत बताएका छन् । केही हप्ताअघि प्यालेष्टाइनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि अहिले इजरायलले पनि प्यालेष्टाइनीतर्फ आक्रमण तीव्र बनाएको छ । सो आक्रमणका कारण दुवैतर्फ ठुलो जनधनको क्षति भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण