असन-इन्द्रचोकमा दुई जना भरिया मजदुरको मृत्यु
शुक्रबार, ०३ कात्तिक २०८०, १३ : ०३
काठमाडौँ । असन इन्द्रचोक क्षेत्रमा भारी बोकेर गुजारा गर्दै आएका दुई जनाको मृत्यु भएको छ । प्रहरीले मासङ गल्ली र असनमा बिरामी अवस्थामा भेटिएका भरिया मजदुरलाई अस्पतालमा पठाएको थियो । वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्षीय पूर्णबहादुर थामी छन् । अन्दाजी ३५ वर्ष जतिका अर्का मृतकको भने पहिचान खुलेको छैन । ती भरिया मजदुर सार्वजनिक स्थानमै बस्ने गरेका थिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण