शिल्पा शेट्टीले छाडेकी हुन् पतिको साथ ? राज कुन्द्राले सामाजिक सञ्जालमा गरे यस्तो खुलासा
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यवसायी पति राज कुन्द्रा लामो समयदेखि चर्चामा छन् । एडल्ट फिल्म निर्माणको मामलामा राज कुन्द्रा पक्राउ परेपछि सुरु भएको चर्चाको सिलसिला फिल्म ‘युटी-६९’ सम्म जारी छ । चर्चाका विषय भने समय समयमा फरक हुँदै आएको छ ।
‘युटी–६९’ दुवैले निर्माण गरेको फिल्म हो । केही दिन अगाडि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । जसले राम्रो चर्चा बटुल्यो ।
अहिले भने राजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी अलग भयौँ । यो कठिन घडीको यात्रामा हामीलाई समय दिनुहोस् ।’ पोस्टमा राज शिल्पाको नाम कहीँ पनि उल्लेख गरेको छैनन् ।
शिल्पाको नाम उल्लेख नगरिएको राजको पोस्टले सबैलाई आश्चर्य चकित तुल्याएको छ । उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल छ ।
राजको यो पोस्टलाई केही मानिसले फिल्म ‘युटी–६९’सँग जोडेर हेरेका छन् । ‘युटी–६९’ राज कुन्द्राको अर्थर रोर्ड जेलमा बिताएको दिनको कथा छ । एडल्भ फिल्म बनाउने आरोपमा राज २०२१ मा गिरफ्तार भएका थिए ।
शिल्पा र राजले २००९ मा विवाह गरेका थिए । उनीहरूको विवाह भएको १४ वर्ष पुरा भयो । उनीहरूको एक छोरा र एक छोरी छन् । राजको पछिल्लो पोस्टले फ्यानलाई अचम्ममा पारेको छ । मानिसहरू उक्त पोस्टलाई लिएर विभिन्न अनुमान लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण