आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा शेट्टीले छाडेकी हुन् पतिको साथ ? राज कुन्द्राले सामाजिक सञ्जालमा गरे यस्तो खुलासा

शुक्रबार, ०३ कात्तिक २०८०, १३ : १७
शुक्रबार, ०३ कात्तिक २०८०

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यवसायी पति राज कुन्द्रा लामो समयदेखि चर्चामा छन् । एडल्ट फिल्म निर्माणको मामलामा राज कुन्द्रा पक्राउ परेपछि सुरु भएको चर्चाको सिलसिला फिल्म ‘युटी-६९’ सम्म जारी छ । चर्चाका विषय भने समय समयमा फरक हुँदै आएको छ ।

‘युटी–६९’ दुवैले निर्माण गरेको फिल्म हो । केही दिन अगाडि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । जसले राम्रो चर्चा बटुल्यो । 

अहिले भने राजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी अलग भयौँ । यो कठिन घडीको यात्रामा हामीलाई समय दिनुहोस् ।’ पोस्टमा राज शिल्पाको नाम कहीँ पनि उल्लेख गरेको छैनन् ।

शिल्पाको नाम उल्लेख नगरिएको राजको पोस्टले सबैलाई आश्चर्य चकित तुल्याएको छ । उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल छ ।

राजको यो पोस्टलाई केही मानिसले फिल्म ‘युटी–६९’सँग जोडेर हेरेका छन् । ‘युटी–६९’ राज कुन्द्राको अर्थर रोर्ड जेलमा बिताएको दिनको कथा छ । एडल्भ फिल्म बनाउने आरोपमा राज २०२१ मा गिरफ्तार भएका थिए ।

शिल्पा र राजले २००९ मा विवाह गरेका थिए । उनीहरूको विवाह भएको १४ वर्ष पुरा भयो । उनीहरूको एक छोरा र एक छोरी छन् । राजको पछिल्लो पोस्टले फ्यानलाई अचम्ममा पारेको छ । मानिसहरू उक्त पोस्टलाई लिएर विभिन्न अनुमान लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप