एभरेष्ट बैंकद्वारा रत्न राज्य माध्यामिक स्कूलमा सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व काठमाडौँको बानेश्वर महादेवस्थानस्थित श्री रत्नराज्य माध्यामिक विद्यालयमा सहयोग गरेको छ ।
बैंकले शुद्ध खाने पानीको प्लान्ट सञ्चालनमा ल्याएको हो । श्री रत्नराज्य माध्यामिक विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को सुखद उपलक्ष्यमा शुभकामना आदनप्रदान, भेटघाट एवं चियापान कार्यक्रममा २७०० भन्दा बढी विधार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।
पूर्व उप–प्रधानमन्त्री एवं संघीय सांसाद प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई चेक हस्तान्तरण गरे । सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा
-
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने
-
विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलन स्थगित
-
आईपीएलमा खुम्चिँदै अलराउन्डरको भूमिका
-
राष्ट्रिय मुक्ति पार्टी र नेपाल जनमुक्ति पार्टीबिच कार्यगत एकता