प्रदेश प्रमुख समक्ष प्रतिवेदन प्रस्तुत
शनिबार, ०४ कात्तिक २०८०, ०६ : ०३
मोरङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको चौथो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो ।
त्यस अवसरमा प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई सुदृढ बनाउन जनजातिलगायत अन्य आयोगको अहम् भूमिका रहेको बताउँदै साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार सुनिश्चित गनुपर्ने विषयलाई प्रतिवेदनमा समेटिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण