सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँमा घर जाने बाटो : कतै हिलो, कतै धुलो
फोटोफिचर

दसैँमा घर जाने बाटो : कतै हिलो, कतै धुलो

शनिबार, ०४ कात्तिक २०८०

नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । पृथ्वी राजमार्ग बिस्तारको कामले दशैको बेलामा यात्रुहरूले सास्ती भोग्नु परेको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक सञ्जालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै व्यस्त सडकमा गनिन्छ।

घाम लागेका बेला सडकबाट उडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको मा दुवै खण्डको हालसम्मको प्रगति १५ प्रतिशत रहेको छ। काम सम्पन्न गर्नुपर्ने म्याद अझै थप्दा पनि प्रगति सुस्त भएर समयमै सम्पन्न नहुने आशङ्का उब्जिएको छ। अहिलेको समयमा ओहोरदोहोर गर्ने यात्रुहरूको चाप छ ।

सडक अवस्थाले समस्या खेप्नु परेको यात्रुहरू बताउँछन् । दशैको समयमा बर्सेनि काठमाडौँ बाट घर फर्किँदै आइरहेका दमौलीका रमेश ढकाल यो वर्ष निकै सास्तीका साथ यात्रा गरेको बताउँछन् । ‘ठेकेदारहरूको ढिला सास्तीले गर्दा समयमै घर नपुग्ने समस्या भएको छ,’ उनी भन्छन्, ‘पहिला मुग्लिन देखि दमौली आइपुग्न करिब २ घण्टा लाग्ने गरेकोमा अहिले सडकको अवस्थाले ५ देखि ६ घण्टा लाग्ने गरेको छ ।’

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५ दशमलव पाँच प्रतिशत रहेको छ । त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ। यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ।

यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ। चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया