मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्ट विरुद्ध सानदार पुनरागमन गरेको छ।
२-० ले पछि परेको अवस्थामा अर्जेन्टिनाले खेलको अन्तिम समयमा मात्र ४ मिनेटभित्र दुई गोल गर्दै २-२ को रोमाञ्चक बराबरी गरेको हो।
खेलको ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले कप्तान लियोनल मेसीको पासमा गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउने आश दिलाएका थिए। त्यसको लगत्तै ८३ औँ मिनेटमा मेसीले आफैँ गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा पुर्याए।
मेसीको यो गोलका लागि लाउटारो मार्टिनेजले सानदार पास उपलब्ध गराएका थिए।
यसअघि पेनाल्टीमा चुकेर निराश देखिएका मेसीले यो गोलसँगै अर्जेन्टिनाको संकट टारेका छन् । इजिप्टले १५ औँ मिनेटमा यासेर इब्राहिम र ६७ औँ मिनेटमा मोस्ताफा जिकोको गोलमार्फत २-० को अग्रता लिए पनि अर्जेन्टिनाको आक्रामक पुनरागमनले खेल अहिले बराबरीमा पुगेको छ।
अब दुवै टोली निर्णायक गोलको खोजीमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण