एनआरएनए एनसीसी दक्षिण कोरियाको घोषणा सभा सम्पन्न
काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको घोषणा सभा सम्पन्न भएको छ । शनिबार सपथ ग्रहण तथा दसैंको शुभकामना कार्यक्रमका साथ परिषद दक्षिण कोरियाको घोषणा सभा सम्पन्न भएको हो ।
विजया दशमीको फुलपातिको अवसर पारेर “जहाँ रहन्छ नेपाली त्यहिं रहन्छ नेपाली संस्कृति” भन्ने नाराका दशैं शुभकामना तथा घोषणा सभा दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा एनआरएनए एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन गुरुङ, हेटौँडा उपमहानगर प्रमुख मिना लामा, एनआरएनए एनसीसीका प्रवक्ता डा. प्रकाश धमला, एनसीसी अध्यक्ष हरि खनाल एमटीयु अध्यक्ष उदय राई, जनप्रगतिशिल मन्च अध्यक्ष ईश्वर कठायत, नेपाली प्रवासी एकता मन्चका अध्यक्ष शुभराज भोम्जन सहभागी थिए ।
यस्तै गण्डकी प्रदेश अध्यक्ष प्रविन गिरि, प्रवास नेपाली सम्पर्क विभाग सभापति जीपी तिमल्सिना,बाग्मति प्रदेश अध्यक्ष भवानी प्रसाद पौडेल, सुदुर पश्चिम समाज अध्यक्ष दिल बहादुर मडई, पत्रकार महासंघ अध्यक्ष किसन गौतम लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अधिकांश वक्ताले दसैंको शुभकामना आदान प्रदान गर्नुको साथै ९ औं एनआरएनए एनसीसीका अध्यक्ष विपिन गुरुङ नेतृत्वको कमिटीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण