गाजामा मारिनेको संख्या ५ हजार नाघ्यो, मारिनेमा २ हजार ५५ बालबालिका
सोमबार, ०६ कात्तिक २०८०, २१ : ४५
गाजा । प्यालेस्टिनी अधिकारीहरूले गाजामा हिजो बिहानदेखि जारी इजरायली बमबारीमा अहिलेसम्म ४३० जनाको ज्यान गएको बताएका छन्।
गाजामा अक्टोबर ७ देखि मृत्यु हुनेको संख्या ५ हजार ८७ पुगेको छ । जसमा २ हजार ५५ बालबालिका, १ हजार १ सय १९ महिला र २ सय १७ वृद्ध रहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले १५ हजारभन्दा बढी घाइते भएको बताएका छन् ।
इजरायलले हिजो दिनरात आफ्नो मिसाइल आक्रमण र बमबारी जारी राख्यो। धेरै तस्बिरहरूमा भवनहरूको भग्नावशेष र घाइतेहरु अस्पतालबाहिर सडकमै लडिरहेको देखिएका छन् ।
सोमबार बिहान इजरायली सेनाले पछिल्लो २४ घण्टामा ३२० लक्ष्यमा आक्रमण गरेको बताएको थियो । इजरायली सेनाका अनुसार यी आधारहरू मध्ये एउटामा सुरुङ पनि थियो, जसमा हमास लडाकुहरू बसिरहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण