आलोचना खेप्ने म्याग्वायर र ओनाना नायक, युनाइेड विजयी
बुधबार, ०८ कात्तिक २०८०, १० : ३७

ओल्ड ट्राफोड । आन्द्रे ओनाना र ह्यारी म्याग्वायर नायक बन्दा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा एफसी कोपन हेगनविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । आलोचनाको केन्द्रमा रहने दुई खेलाडी चम्किएपछि मंगलबार भएको खेलमा युनाइटेड १–० गोलले विजयी बनेको हो ।
खेलमा ७२ औँ मिनेटमा म्याग्वायरले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको इन्जुरी समयमा कोपनहेगनले पेनाल्टी पाएको थियो । जसलाई ओनानाले उत्कृष्ट बचाऊ गर्दै टोलीको अग्रता कायम राखेका थिए ।
समूह एमा रहेको युनाइटेडको यो पहिलो जीत हो । ३ अंकसहित टोली तेस्रो स्थानमा रहेको छ । समूहमा बायर्न म्युनिख ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने गालातासारे ४ अंकसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी