आलोचना खेप्ने म्याग्वायर र ओनाना नायक, युनाइेड विजयी
बुधबार, ०८ कात्तिक २०८०, १० : ३७
ओल्ड ट्राफोड । आन्द्रे ओनाना र ह्यारी म्याग्वायर नायक बन्दा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा एफसी कोपन हेगनविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । आलोचनाको केन्द्रमा रहने दुई खेलाडी चम्किएपछि मंगलबार भएको खेलमा युनाइटेड १–० गोलले विजयी बनेको हो ।
खेलमा ७२ औँ मिनेटमा म्याग्वायरले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको इन्जुरी समयमा कोपनहेगनले पेनाल्टी पाएको थियो । जसलाई ओनानाले उत्कृष्ट बचाऊ गर्दै टोलीको अग्रता कायम राखेका थिए ।
समूह एमा रहेको युनाइटेडको यो पहिलो जीत हो । ३ अंकसहित टोली तेस्रो स्थानमा रहेको छ । समूहमा बायर्न म्युनिख ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने गालातासारे ४ अंकसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण