एनआरएनए उपाध्यक्ष शेरचनलाई पोखरामा भव्य स्वागत
पोखरा । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष रोविन शेरचनलाई पोखरामा भव्य स्वागत गरिएको छ । उपाध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक पोखरा झरेका शेरचनलाई यहाँका आमा समूह र उनका साथीहरूले एयरपोर्टमै पुगेर स्वागत गरेका हुन् ।
मुस्ताङमा जन्मिएका शेरचन लामो समय पोखरा बसेका थिए । उच्च शिक्षा पढ्न काठमाडौँ गएका उनी उतैबाट जापानतिर लागेका हुन् । एनआरएनए सुरु हुनुअघि देखि नै नेपाली समुदायको सेवामा जुटेका उनी यसअघि केन्द्रीय सदस्य थिए ।
शेरचनलाई पोखरा स्थित गण्डकी बोर्डिङ स्कुलका उनका स्कुले साथीहरूले स्वागत गरे । त्यसलगत्तै गण्डकी बोर्डिङको भ्रमण पनि गरेका छन् । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, नेपथ्यका चर्चित भोकलिष्ट अमृत गुरुङ, पर्यटन व्यवसायी किशम गुरुङ लगायतले उनलाई स्वागत गर्दै पोखरा सहित गण्डकी प्रदेशको विकासमा विशेष पहल गर्न आग्रह गरे ।
शेरचनले बाह्य लगानी भित्र्याउन आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शेरचन हाल जापानमा होटल तथा रेस्टुरेन्ट व्यवसाय गर्छन् । पछिल्लो समय उनी नेपालको व्यवसायमा पनि व्यस्त छन् । शेरचनको कम्पनीमा करिब २ सय नेपाली एवं एक सय जापानी नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा पनि थप रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी भित्र्याउने शेरचनले प्रतिबद्धता जनाएका छन् । पोखरामा उच्च पदस्थ व्यक्तित्वहरूसँग भेट्ने कार्यक्रम रहेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण