वार्नरले बराबरी गरे सचिनको कीर्तिमान, रोहितभन्दा मात्र एक शतक टाढा
नयाँ दिल्ली । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध शतक प्रहार गर्दै नयाँ इतिहास रचेका छन् । उनले ९३ बलमा १०४ रन बनाउने क्रममा ११ चौका र ३ छक्का हिर्काए ।
बुधबार नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा उनले बनाएको शतक प्रतियोगितामा लगातार दोस्रो थियो । यसअघि उनले गत शुक्रबार पाकिस्तानविरुद्ध १६४ रनको शानदार पाली खेलेका थिए ।
विश्वकपमा उनको यो छैटौँ शतक पनि हो । सन् २०१५ को विश्वकपमा उनले अफगानिस्तानविरुद्ध पहिलो शतक बनाएका थिए । सन् २०१९ को विश्वकपमा उनले पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध शतक बनाए ।
योसँगै उनले प्रतियोगिताको इतिहासमा सबैभन्दा दोस्रो धेरै शतक बनाउने सचिन तेन्दुल्करको कीर्तिमानलाई बराबरी गरेका छन् । अस्ट्रेलियाका भेटरान ब्याट्सम्यान अब रोहित शर्माको ७ शतकको कीर्तिमानभन्दा एक शतक मात्र टाढा रहेका छन् ।
शर्माले यही विश्वकपमा अफगानिस्तानविरुद्ध शानदार शतक बनाउँदै सचिनको कीर्तिमान तोडेका थिए । सो खेलमा उनले मात्र ६१ बलमा शतक बनाएका थिए । यसबाहेक विश्वकपमा रिकी पोन्टिङ र कुमार संगाकाराले ५–५ शतक बनाएका छन् ।
वार्नर विश्वकपको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा पाँचौँ स्थानमा उक्लिएका छन् । उनले प्रतियोगितामा १ हजार ३ सयभन्दा बढी रन बनाएका छन् । उनीभन्दा अगाडि सचिन तेन्दुल्कर, रिकी पोन्टिङ, कुमार संगाकारा र विराट कोहली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण