भरतपुरको विकास मोडलमा सहकार्य गर्न तयार छौँ : रुसी राजदूत
चितवन । भरतपुर महानगरकी मेयर रेनु दाहाल र रुसी राजदूत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले बिहीबार राजदूत नोभिकसँग भेटवार्ता गरेक हुन् ।
नेपाल स्थित रुसी दूतावास परिसरमा भएको भेटमा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो । भेटका क्रममा भरतपुरका मेयर रेनु दाहालले रुससँग सहकार्य गर्ने आफ्नो इच्छा रहेको व्यक्त गर्दै राजदूत असेक्सेई नोभिकोभलाई भरतपुरको समग्र विकासका लागि सहयोग गर्न आग्रह गरेकी छन् । ‘रुससँग सहकार्य गर्न इच्छुक छु । भरतपुर विकास मोडलमा अगाडी बढिरहेको छ, फ्लाई ओभर, रिङ रोड बिस्तारसँगै ,शिक्षा,,स्वास्थ्य, पर्यटनको क्षेत्रमा लगानी आवश्यक छ,’ मेयर दाहालले भनिन्, ‘भरतपुरको समग्र विकासका लागि सहकार्य गर्न आग्रह गर्दछु ।’ उनले भरतपुर सुन्दर, सफा, हराभरा सहरका रूपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबिच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् ।
भेटमा राजदूत नोभिकोभले मेयर दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । उनले रुसले भरतपुरको विकास र चर्चा नजिकबाट नियालिरहेको बताउँदै भरतपुरको विकास मोडलमा आफू सहकार्य गर्न तयार रहेको बताए । उनले भरतपुरमा शिक्षा, कृषि,पर्यटन र पूर्वाधार विकासमा रुसले सहकार्य गर्न ईच्छुक रहेको स्पष्ट पनि पारे।
चाँडै भरतपुर महानगरमा आएर रसियाका सहरसँग भगिनी सम्बन्ध र पूर्ण छात्रवृत्ति कार्यक्रमका लागि सम्झौता गर्ने बताए । भरतपुरको स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको समेत बताए । मेयर दाहालले भरतपुरले सन् २०२४ लाई भ्रमण वर्षको रूपमा मनाउन लागेको जानकारी दिँदै भ्रमणको निम्ता समेत दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण