मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कफी विथ करण : दीपिकाले के भनिन् जसले गर्दा सामाजिक सञ्जाल उनीसँग रुष्ट बन्यो

शुक्रबार, १० कात्तिक २०८०, २० : ४०
शुक्रबार, १० कात्तिक २०८०

मुम्बई । हालै ‘कफी विथ करण’ मा रणवीर सिंह र दीपिका पादुकोण अतिथिको रुपमा आएका थिए । यस क्रममा दीपिकाले रणवीरसँगको आफ्नो सम्बन्धको बारेमा केही भनेकी थिइन् जसले गर्दा अहिले उनी ट्रोल भइरहेकी छन् ।

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ सुरु भएको छ । शोको आठौँ सिजनका पहिलो अतिथि रणवीर सिंह र दीपिका पादुकोण थिए । यस क्रममा दुबै स्टारले शोका होस्ट करण जोहरसँग रमाइलो कुराकानी गरेका थिए र धेरै खुलासा पनि गरेका थिए ।

दीपिकाले सुरुमा आफू रणवीरसँग गम्भीर सम्बन्धमा नभएको बताइन् । अभिनेत्री भन्छिन्, ‘म अविवाहित नै रहन चाहन्थें किनभने म दुईवटा कठिन सम्बन्धबाट बाहिर आएकी थिएँ । म कसैप्रति प्रतिबद्ध हुन चाहन्नथें । सुरुमा म रणवीरसँग पनि गम्भीर थिइनँ । तर जब उनले मलाई विवाहको प्रस्ताव राखे, म गम्भीर भएँ।’

दीपिकाले थप भनिन्, ‘यद्यपि हामी दुवै खुला सम्बन्धमा थियौं । त्यतिबेला अरुसँग पनि म भेट्थेँ तर मेरो दिमागमा रणवीर नै हुन्थ्यो । यति हुँदाहुँदै पनि हामी दुवै एकअर्काबाट टाढा रहन सकेनौँ ।’ दीपिकाको यो कुरालाई मानिसहरूले खासै मन पराएनन् र यसै कारणले उनी चर्को ट्रोल भइरहेकी छन् ।

करण पनि सिंगल भएकोमा दुखी छन्

करणले पनि आफू सिंगल भएको कुरा गर्दै भने, ‘मलाई आत्मीय सम्बन्ध मिस हुन्छ । मलाई थाहा छ मेरा छोराछोरी र आमा हुनुहुन्छ तर जब म तिमीहरुलाई हेर्छु, म एक्लो महसुस गर्छु। मलाई थाहा छ सम्बन्ध गाह्रो हुन्छ तर जसको हात समाएर बिहान उठ्छौ, त्यो आत्माको सम्बन्ध हो। 

करणले अगाडि भनेका छन्, ‘म तिमी दुवैका लागि खुसी छु र एक्लो पनि छु । मेरो पनि तिमीहरू जस्तै कथा होस् भन्ने आशा गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप