काँग्रेस नेता खड्काको अन्तिम बिदाई (फोटो)
काठमाडौँ । उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिएको छ ।
उनको पार्थिव शरीरलाई आज बिहान खड्का निवास सानेपामा राखिएको थियो ।
बेलायतमा उच्च शिक्षा अध्ययनरत छोरा अनुराग खड्का काठमाडौँ आएपछि खड्काको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा लगिएको थियो ।
नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी नेता खड्काको पार्थिव शरीरमा पार्टीको झण्डा ओडेर सम्मान व्यक्त गरेका थिए ।
नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए ।
सभापति देउवाले नेता खड्का मुलुकको सपूत भएको पनि स्मरण गराउँदै दिवंगत नेता खड्काको शोकाकुल परिवारजनप्रति समवेदना समेत व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण