अवैध रुपमा उत्खनन् गर्ने ट्याक्टर र टिपर प्रहरी नियन्त्रणमा
जनकपुरधाम । धनुषामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको ट्याक्टर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध रुपमा उत्खननमा प्रयोग भएको ९ वटा ट्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
शनिवार क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरस्थित जलाद खोलामा उत्खनन् गरिरहेको ज १ त ७२१७, ज १ त ६२७५, ज २ त ११३, ज १ त ४२९८, ज १ त ५१३२, ज १ त ७५९७, प्र २–०३–०१ त ४९९७, अन टेस्ट आइचर २४२ र अनटेस्ट जन डियर ५०४५ नम्बरको ९ वटा ट्रयाकटर नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार अवैध रुपमा बालुवा, गिट्टि उत्खनन गरी लैजादै गरेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका ५ महिला विकास चोकबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटि गएको गस्ती टोलीले ना ८ ख १६५१ नं।को लोड टिफर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्याक्टर र टिफर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण