दुलाहा बन्नु पर्छ
हजुरबा भन्नुहुन्छ, मास्टर बन्नुपर्छ
अनि बा भन्नुहुन्छ, डाक्टर बन्नुपर्छ
पुस्ताकै नाक ठाडो पार्ने सपूत बन्नुपर्छ
मेरी आमालाई हतारो छ बुहारी हेर्न
भन्छिन्, अब चाँडै दुलाहा बन्नुपर्छ ।
भिन्नै संसार अनि उमङ्गको जिन्दगीमा
चुनौतीका बारहरू चिर्दै
काका भन्नुहुन्छ, ठुलै कर्मचारी बन्नुपर्छ
फलानोको छोराझैँ डिट्ठा बन्नुपर्छ
तर, मेरी आमालाई हतारो छ बुहारी हेर्न
भन्छिन्, अब चाँडै दुलाहा बन्नुपर्छ ।
मेरो मति आँट्दैन यहाँ
चुनौतीहरू पहाड बन्दैछन्
अरूका सपना आकाश छुदैछन्
निश्चित छ
मेरा सपना पिँजडाको चरी बन्नुपर्छ
मेरी आमालाई हतारो छ बुहारी हेर्न
भन्छिन्, अब चाँडै दुलाहा बन्नुपर्छ ।
दुःखमा मलहम अनि खुसीको आँसु झार्ने
घरै झलमल्ल पार्ने बुहारीको खाँचो छ अरे
एक दुई वर्षमा नाति, नातिना दिने गरी
आमा भन्छिन्, एउटी केटीको दुलाहा बन्नुपर्छ ।
शैल्यशिखर–४, दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण